Logo
५ मंसिर २०८१, बुधबार
(November 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वडीआईजी जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै

काठमाडौं, मंसिर ५ । सहकारी ठगीमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिने भएको छ । जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको थियो । उनलाई थप अनुसन्धानका लागि मंगलबार पोखराबाट काठमाडौं ल्याइएको ल्याइएसँगै बयानका लागि आज अदालतमा पेस गर्न लागिएको हो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी भएको थियो । लामिछानेलाई पनि काठमाडौं ल्याउने प्रहरीको तयारी रहेको छ । अर्का आरोपित कुमार रम्तेललाई यसअघि काठमाडौं ल्याएर अनुसन्धानपछि पोखरा फर्काइएको छ ।

प्रकाशित मिति: Nov 20, 2024

प्रतिक्रिया दिनुहोस्