Logo
२ माघ २०८१, बुधबार
(November 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्गा प्रसाईँलाई अस्पताल लगियो, साइबर ब्युरो पुर्‍याएर अदालत लगिने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सीआईबीको कार्यालय पुर्‍याइएको छ । भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका उनलाई सीआईबीको कार्यालय पुर्‍याएर अहिले स्वास्थ्य चेकजाँजका चिरायू अस्पताल लगिएको छ ।

मेडिकल गरेर उनलाई साइबर ब्युरो लैजाने तयारी छ । त्यसपछि म्याद थप गर्न प्रहरीले अदालत लग्नेछ ।

प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम साइबर क्राइममा मुद्दा चलाइने सीआईबी प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए ।

सीआईबी प्रमुख एआईजी दीपक थापाका अनुसार तत्काल साइबर अपराधसम्बन्धी मुद्दामा म्याद थप गरिए पनि अनुसन्धानका क्रममा उनले गरेका अन्य कसुरसमेत आकर्षित हुने छ ।

‘कीर्ते र मानहानीको कुरा पनि आएको छ, त्यसमा पनि मुद्दा चल्छ’, उनले  भने ।

एक व्यक्तिलाई एकैपटक एकभन्दा बढी मुद्दा चलाउने कानूनी सुविधा नभएका कारण एउटा मुद्दाको अनुसन्धानपछि अर्को मुद्दा चलाउनुपर्ने भएको थापा बताउँछन् ।

प्रकाशित मिति: Nov 19, 2024

प्रतिक्रिया दिनुहोस्