Logo
७ पुस २०८१, आईतबार
(November 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्गा प्रसाईंविरुद्ध साइबर क्राइमसहित तीन वटा कसुरमा मुद्दा चलाइने

काठमाडौं, ४ मंसिर । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को नियन्त्रणमा रहेका विवादिन मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर क्राइमसहित तीन वटा कसुरमा मुद्दा चलाउने तयारी भइरहेको बताइएको छ । सीआईबीका अनुसार प्रसाईँविरुद्ध साइबर क्राइम, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान गरिने र सोही बमोजिम मुद्दा चलाइने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैया लगानी गरेको दाबी गर्दै प्रसाईँले हिजो (सोमबार) एक भिडियो सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको सोही भिडिओलाई लिएर आज उनको निवासमा पुगेर सीआईबीको टोलीले प्रसाईँलाई पक्राउ गरेको थियो ।

प्रसाईँलाई आज नै काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिने बताइएको छ । प्रसाईँसँगै फेक भिडिओ बनाउनमा संलग्न रहेका सबैलाई कानुनी कारबाहीको दायरामा ल्याइने सीआईबीले बताएको छ ।

प्रकाशित मिति: Nov 19, 2024

प्रतिक्रिया दिनुहोस्