Logo
९ पुस २०८१, मंगलबार
(November 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ वर्षीय प्रतिनिधि सभाको कार्यकालमा बनाउने कानुनको अवस्था सुखद छैन : गृहमन्त्री

 गृहमन्त्री रमेश लेखकले ५ वर्षीय प्रतिनिधि सभाको कार्यकालमा बनाउने कानुनको अवस्था सुखद नरहेको बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सरकार र संसदीय समितिले ढिलो गर्दा संसदबाट प्राप्त कानुन नबनेको बताएका हुन् ।

मन्त्री लेखकले विधेयक समय सीमाभित्र बनाउनु पर्ने पनि बताए । उनले भने, ‘समितिमा गएको विधेयक सीमाभित्र संशोधन भएर आएन भने जुन रूपमा समितिमा प्रवेश गरेको छ त्यही रूपमा अघि बढाऔँ ।’

मन्त्री लेखकले समितिबाट विधेयक संशोधन भएर आएन भने मूल विधेयक अघि बढ्ने बताए ।

प्रकाशित मिति: Nov 15, 2024

प्रतिक्रिया दिनुहोस्