Logo
२७ पुस २०८१, शनिबार
(November 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ मा सहभागी भएर स्वदेश फिर्ती (तस्बिरहरु)

 राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ मा सहभागी भएर स्वदेश फर्किएका छन् ।

अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गरेको थियो ।

अजरबैजानबाट कतारको राजधानी दोहा हुँदै राष्ट्रपति पौडेलको टोली शुक्रबार बिहान स्वदेश आइपुगेको हो । राष्ट्रपति पौडललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष ,उपसभामुखलगायत उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलले कोप–२९ अन्तर्गत गत मंगलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्दै हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने वास्तविकतालाई मनन गर्न विश्व समुदायलाई आह्वान गरेका थिए ।

राष्ट्रपति पौडेलको अजरवैजान भ्रमणबारे परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी गराएका थिए ।

राष्ट्रपति पौडेलले कोप–२९ अन्तर्गत १२ नोभेम्बरमा सम्मेलनलाई सम्बोधन गरेको प्रवक्ता राईले जानकारी दिए । सम्बोधनका क्रममा नेपालले कार्बन उत्र्सजनमा नगण्य  योगदान गरेको भएपनि जलवायु परिवर्तनका कारण सेता हिमाल काला पहाडमा परिणत भएको बताएको राईले बताए । सोही कारण नेपाल जलवायुजन्य विपतमा परेको विषय समेत राष्ट्रपति पौडेलले उठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Nov 15, 2024

प्रतिक्रिया दिनुहोस्