उपनिर्वाचनमा राप्रपाले सबै ठाउँमा उम्मेदवारी दिने, गठबन्धन नगर्ने,
राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन थालेको छ।
उसले उपनिर्वाचनमा कसैसँग तालमेल नगर्ने पनि बताएको छ। त्यस्तै उपनिर्वाचन हुने सबै स्थानीय तहमा उमेदवारी दिने पनि पार्टीले जानकारी दिएको छ।
राप्रपाले उपनिर्वाचन हुने ४४ मध्ये १७ स्थानमा हालसम्म उम्मेदवार टुंगो लगाएको छ । बाँकी स्थानीय तहका उमेदवारहरू चाँडै टुगो लाग्ने राप्रपाले जानकारी दिएको छ।
यी हुन् राप्रपाका उम्मेदवारहरू
कोशी
झापा: कन्काई नपा ६ -नारायणप्रसाद निरौला
सुनसरी: गद्दी गापा ६ कविताकुमारी उराव
तेह्रथुम: लालीगुराँस नपा ८ रत्नबहादुर श्रीपाली
ओखलढुंगा: मोलुङ गापा ५-चन्द्रमणी दाहाल
मधेश
सप्तरी: डाक्नेश्वर नपा १-सतिसकुमार चौधरी
सप्तरी: डाक्नेश्वर नपा ४-रामकुमार यादव
बागमती
काठमाडौं महानगर-१६- श्यामकृष्ण श्रेष्ठ
दोलखा: गौरीशंकर गापा- उपाध्यक्ष मनकुमारी श्रेष्ठ
काठमाडौं: कीर्तिपुर नपा- प्रमुख ध्रुव महर्जन
काठमाडौं: कीर्तिपुर नपा१- सुरेन्द्र उप्रेती
काठमाडौं: कीर्तिपुर न.पा.४-बिजेश बस्नेत
मकवानपुर: हेटौंडा उमनपा १२- प्रेम लामा भ्लोन
लुम्बिनी
गुल्मी: मुसीकोट गापा १- ईश्वरी खाती
रोल्पा: रुन्तीगडी गापा ४- पहलबहादुर वली
कपीलवस्तु: शुद्धोधन गाउँपालिका १- इम्तीयाज अहमद
कर्णाली
कालीकोट: तिलागुफा नगरपालिका ४ जुद्धबहादुर शाही
सुदूरपश्चिम
बाजुरा: स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष सुनादेवी थापा (भोटे)