Logo
७ पुस २०८१, आईतबार
(November 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उद्योगीलाई अर्को बिल नदिने कुलमानको अडान, पहिलेकै बिल सही भएको जिकिर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएका उद्योगीहरुले पहिले दिइएको बिलअनुसार नै १५ दिनभित्र बक्यौता रकम तिर्नुपर्ने अडान लिएका छन् । प्राधिकरणले टीओडी मिटरको डाटा अनुसार नै बिल दिएकाले त्यो सही भएको उनको भनाइ छ ।

सरकारले १५ दिनभित्र उद्योगीहरूको बक्यौता असुल गर्ने निर्णय गर्दै उनीहरूलाई टीओडी मिटरको बिल दिन प्राधिकरणलाई निर्देशन दिएको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार १५ दिनभित्र बक्यौता उठाइने घिसिङले बताए ।

बक्यौता नतिरे फेरि लाइन काट्ने संकेत गर्दै उनले भने, ‘यदि १५ दिनभित्र बक्यौता नतिरे प्राधिकरणले फेरि आफ्नो प्रक्रिया सुरु गर्छ ।’

प्राधिकरणले उद्योगीलाई अर्को बिल भने नदिने उनको भनाइ थियो ।

घिसिङले थपे, ‘हामीले दिएको बिललाई अदालतले पनि सही ठहर्याइसकेको छ । उद्योगीहरूले दिएका ९० वटा मुद्दा खारेज भएका छन् । कुनै पनि प्रशासनिक निकायबाट बिल ठिक छैन भन्न सक्ने अवस्था छैन ।’

प्रकाशित मिति: Nov 13, 2024

प्रतिक्रिया दिनुहोस्