Logo
८ पुस २०८१, सोमबार
(November 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरा महानगरमा कर्मचारी विवाद समस्या समाधानका लागि समिति गठन

पोखरा । पोखरा महानगरपालिकामा पछिल्लो समय देखिएको कर्मचारी विवाद समाधानका लागि समिति गठन गरिएको छ । महानगरका प्रवक्ता तथा वडा नम्बर २५ का अध्यक्ष मोति तिम्सिनाको संयोजकत्वमा कांग्रेस र एमाले वडाध्यक्षर सदस्य सम्मिलित समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा ४ नम्बर वडाध्यक्ष देवकृष्ण पराजुली, ५ का अध्यक्ष बिष्णु प्रसाद बराल, १३ का अध्यक्ष किरण बराल, १५ का अध्यक्ष तोरण बानियाँ छन् । यस्तै, ३० नम्बरका सदस्य विनोद लामिछाने, १६ का सदस्य रामचन्द्र आचार्य,  २२ की सदस्य कृष्ण कुमारी पौडेल र २८ की डाल्डादेवी भुजेल पनि सदस्य छन् ।

उनीहरुलाइ समाधानको उपाय सुझाउन ३ दिनको म्याद दिइएको छ । ‘महानगरपालिकामा वर्तमान समयमा कर्मचारी परिचालन र व्यवस्थापन लगायत महानगरमा देखिएका अन्य विभिन्न समस्याका सम्बन्धमा गहन छलफल तथा विचार विमर्श गरी ३ दिनभित्र समाधानका उपायहरु सहितको सुझाव पेश गर्न तथा सहजीकरण गर्नका लागि सहजीकरण समिति गठन गरिएको छ,’ निर्णयमा भनिएको छ । पोखरामा करार कर्मचारी फाल्ने विषयले तनाव छ ।

कांग्रेसले जुनसुकै हालतमा ति कर्मचारी हटाउनुपर्ने बताएको छ भने एमाले हटाउन नहुने पक्षमा छ । लोकसेवा आयोगले स्थायी कर्मचारी पठाएपछि पनि करार कर्मचारी कार्यरत छन् । कात्तिक १४ को ३७ औं कार्यपालिका बैठकले २८ जना प्राविधिकलाई मंसिर १ देखि विदा गर्ने निर्णय गरेको थियो । एमालेले उक्त बैठक बहिष्कार गरेको थियो भने अहिले कर्मचारी हटाउन नहुने भन्दै दैनिक आन्दोलन गर्दै आएको छ । pokhara

प्रकाशित मिति: Nov 13, 2024

प्रतिक्रिया दिनुहोस्