खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘खोरमा थुनिँदैमा बाघ स्याल नहुने’ भन्दै गर्जिएका छन्।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले रुपन्देहीको जिल्ला सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिर निस्कँदा आफ्ना समर्थकतिर फर्किँदै यस्तो गर्जन गरेका हुन्।
समर्थकलाई हात हल्लाउँदै उनले भने‚ ‘बाघलाई खोरमा थुन्दैमा स्याल हुँदैन।’
सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानका लागि उनलाई आजै पोखराबाट भैरहवा लगिएको हो। उनी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा २६ दिनदेखि कास्की प्रहरीको हिरासतमा थिए।