Logo
२८ कार्तिक २०८१, बुधबार
(November 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रविको पक्षमा आन्दोलन गर्नेविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता गर्न सर्वोच्चको अनुमति

 सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता हुने भएको छ । उनीहरुविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता गर्न सर्वोच्च अदालतले अनुमति दिएको हो ।

न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार यसअघि सर्वोच्च प्रशासनबाट दरपिठ गरेको निवेदन दर्ता गर्न आदेश गरेको हो । अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने,आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका थिए ।

यसअघि अधिवक्ता भट्टराईले दायर गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । सो दरपीडविरुद्ध उनी पुर्न सर्वोच्च पुगेका थिए । सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शर्माले दरपीठको आदेश बदर गरिदिएका हुन् । आदेश वदर भएसँगै पदाधिकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्ने बाटो खुलेको छ ।

यी हुन् अदालतको अवहेनला मुद्दामा परेका रास्वपाका नेताहरु

 

प्रकाशित मिति: Nov 12, 2024

प्रतिक्रिया दिनुहोस्