रविलाई भैरहवा लगिएसँगै कार्यकर्ताको प्रदर्शन
रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवामा लगिएसँगै कार्यकर्ता र समर्थकले प्रदर्शन चर्काएका छन् । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा रास्वपाका कार्यकर्ता र रविको समर्थकले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा कार्यकर्ता र समर्थकले उनको पक्षमा चर्को नाराबाजी गरिरहेका छन् । यसैबीच रविलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगेर बयान लिइने भएको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगीमा मुछिएका रविलाई पोखराबाट मंगलबार भैरहवा लगिएको हो ।