Logo
३० कार्तिक २०८१, शुक्रबार
(November 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भैरहवामा ‘भिजिबिलिटी’ नहुँदा रवि लामिछाने सहित प्रहरी टोली अड्कियो पोखरामा

२७ कात्तिक, काठमाडौं । बिहानभरि पोखराको ‘भिजिबिलिटी’ कम हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका रवि लामिछानेलाई रुपन्देही ल्याउन हिँडेको प्रहरी टोली अझै पोखरामै अड्किएको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी नहुँदा रविसहित प्रहरी टोली अझै पोखरामा अड्किएको हो ।

गौतमबुद्ध विमानस्थल प्रशासनका अनुसार बाक्लो हुस्सुका कारण भैरहवामा अहिले जहाज उडान–अवतरण हुन सकेको छैन । जहाजमा बसिसकेका यात्रुलाई समेत उतार्नुपरेको छ ।

अहिले काठमाडौं–पोखरा र पोखरा–काठमाडौं भने उडान सामान्य भइसकेको छ । काठमाडौंबाट भैरहवा जाने जहाज भने जान सकेका छैनन् ।

प्रकाशित मिति: Nov 12, 2024

प्रतिक्रिया दिनुहोस्