Logo
२६ पुस २०८१, शुक्रबार
(November 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शंखधर साख्वा प्रेरणादायी व्यक्तित्व : उपप्रधानमन्त्री

उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रिय विभूति एवं नेपाल संवतका प्रवर्तक शंखधर साख्वाबाट नेपाली समाजले प्रेरणा लिनुपर्ने बताएका छन् ।

शंखधर साख्वा दिवसका अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले साख्वाले तत्कालीन नेपाली समाजमा सामाजिक सुधारकका रूपमा अतुलनीय योगदान गरेको बताए । साख्वा सामाजिक न्यायका पक्षपाती रहेको पनि सिंहले बताए ।

उपप्रधानमन्त्री सिंहले तत्कालीन समयमा नेपालीलाई ऋणमुक्त बनाउन योगदान गरेका साख्वा सामाजिक न्यायको पक्षपाती रहेको भन्दै धर्म संस्कृतिप्रति पनि उनको उत्तिकै योगदान रहेको चर्चा गरे ।

साख्वाको योगदानको मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले ०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको पनि सिंहले स्मरण गरे ।

२०६५ कात्तिक ७ गतेबाट साख्वाले प्रवर्तन गरेको नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएको छ । लखुतीर्थबाट ल्याइएको बालुवा सुनमा परिणत भएपछि राष्ट्रिय विभूति शंखधरले जनताको ऋणमोचन गरेको इतिहास रहेको छ ।

प्रकाशित मिति: Nov 11, 2024

प्रतिक्रिया दिनुहोस्