Logo
७ पुस २०८१, आईतबार
(November 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालीकोट जीप दुर्घटना, ८ जनाको मृत्यु

कालीकोटमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । पताँला गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले ८ जनाको मृत्यु भएको स्थानीय प्रहरी चौकीलाई उदृत गर्दै बताइन् ।

‘८ जनाको मृत्यु भएको प्रहरी चौकीबाट मलाई जानकारी गराउनु भएको छ । त्यसमध्ये ४ जनाको पहिचान खुलेको छ’, उनले  टेलिफोनमा भनिन् ।

आइतबार पलाँता गाउँपालिका–३ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो ।  जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।

यसैबीच कर्णाली प्रदेश कार्यालय सुर्खेतका डीआईजी जनक भट्टराईले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली पठाइएको र स्थानीय प्रहरी भने घटनास्थलमा पुगेर उद्धार सुरु गरिसकेको बताए ।

प्रकाशित मिति: Nov 10, 2024

प्रतिक्रिया दिनुहोस्