Logo
२ माघ २०८१, बुधबार
(November 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछानेलाई चौथो पटक म्याद थप, १३ दिन थुनामा राख्न अदातलकाे अनुमति

सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप गरिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेमाथि थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

यसअघि तीन पटकसम्म थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले आइतबार पुनः म्याद थपको माग गर्दै अदालत पेश गरेको थियो। अदालतले उनलाई थप हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका रवि लामिछानेमाथि पहिलो पटक ५ दिनको म्याद थप गरिएको थियो भने दोस्रोपटक ७ दिनको म्याद थपेर अनुसन्धान गरिएको थियो । त्यस्तै तेस्रोपटक १० दिनको म्याद थप गरेर अनुसन्धान गरेको प्रहरीले पुनः म्याद थप गर्न आइतबार अदालत पेश गरेको थियो ।

कास्की प्रहरीले सहकारी रकम अपचलनसँगै सम्पत्ती सुद्धिकरण, संगठित अपराधमा समेत लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Nov 10, 2024

प्रतिक्रिया दिनुहोस्