Logo
२ माघ २०८१, बुधबार
(November 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीलाई काठमाडौं ल्याइँदै

मानव तस्करीको आरोपमा पक्राउ परेका पुर्व मन्त्री तथा नेकपा (एमाले) का नेता लिलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला प्रहरी कार्यालय मोरङलाई अधिकारीलाई काठमाडौं पठाइदिन भन्दै पत्राचार गरेको छ ।

कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका अधिकारीले मन्त्रालयसँग असम्बन्धित मान्छेहरु लिएर जापान पुगेका थिए ।

तत्कालीन मन्त्री अधिकारीसहित ४ जनालाई जापानको अध्यागमन विभागले नेपाल नै फिर्ता पठाइदिएपछि उनी विवादमा तानिएका थिए ।

पूर्वमन्त्री अधिकारीसँग जापान पुगेका ३ जना युवासहित ६ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अधिकारीले मन्त्री पदबाट राजिनमा दिइसकेका छन् भने उनलाई एमालेले निलम्बन गरेको छ ।

प्रहरीको हिरासतमा रहेका युवाहरुले आफूहरु १० लाखदेखि १३ लाख रुपैयाँ तिरेर मन्त्री अधिकारीसँग जापान गएको बयान दिएका छन् ।

अधिकारीलाई पार्टीले पनि कारबाही गरिसकेको छ । मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि अधिकारीलाई एमालेले सबै जिम्मेवारीबाट मुक्त गराएको छ ।

उनलाई आज नै जहाजमार्फत काठमाडौं ल्याउने तयारी रहेको बताइएको छ । 

प्रकाशित मिति: Nov 10, 2024

प्रतिक्रिया दिनुहोस्