Logo
१३ पुस २०८१, शनिबार
(November 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछानेलाई चौथोपटक अदालत उपस्थित गराइयो

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ ।

गत असोज २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परी पोखरा ल्याइएका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई कास्की जिल्ला अदालतमा आज चौथोपटक उपस्थित गराइएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन भएको भन्दै पूर्वप्रबन्ध निर्देशक रविसहित पूर्वउपाध्यक्षसमेत रहेका पूर्वडीआईजी छविलाल जोशी, जीवी राइका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीवीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लिला पछाईंलाई अदालतमा उपस्थित गराइएको छ ।

प्रकाशित मिति: Nov 10, 2024

प्रतिक्रिया दिनुहोस्