Logo
७ पुस २०८१, आईतबार
(November 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंगापुरको आदित्य बिरलाले पायो २५ हजार टन डीएपी मलको ठेक्का

२२ कात्तिक, काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले २५ हजार टन डीएपी मल खरिद गर्ने ठेक्का सिंगापुरको आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिलाई दिएको छ ।

बिहीबार एक सूचना निकाल्दै कृषि सामग्री कम्पनीले करिब २ अर्ब ५६ करोड रुपैयाँ (१ करोड ८९ लाख ७५ हजार अमेरिकी डलर) मा नेपालमा डीएपी मल आपूर्ति गर्ने ठेक्का लगाएको जनाएको हो ।

कृषि सामग्री कम्पनीले वीरगञ्ज, विराटनगर र भैरहवामा आपूर्ति दिने गरी प्रतिटन ७ सय ५९ डलरमा नेपाल मल किन्ने गरी उसलाई ठेक्का दिएको हो ।

‘यो वर्ष अभाव हुन नदिने गरी मल आइरहेको छ । अहिले डीएपी मल किन्न पनि ठेक्का लगाएका हौं, प्रत्येक महिना जसो ग्लोबल टेन्डर मार्फत ठेक्काको काम भइरहेको छ’ लिमिटेडका सूचना अधिकारी पुन्यप्रसाद उपाध्यायले  भने ।

कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ लागिसकेपछि असोज मसान्तसम्म १ लाख ५५ हजार ६ सय ८९  टन मल आयात भइसकेको छ ।

गत आथिर्क वर्ष २०८०/८१ को मौज्दातसहित अहिले १ लाख ४४ हजार ८ सय २५ टन मल भण्डारमा रहेको जनाइएको छ ।

चालु आवमा सरकारले ५ लाख ५० हजार टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: Nov 7, 2024

प्रतिक्रिया दिनुहोस्