Logo
९ पुस २०८१, मंगलबार
(November 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले-कांग्रेस कानुनभन्दा माथि भएर रविमाथि राजनीतिक षड्यन्त्र गरे : सोविता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सोविता गौतमले रवि लामिछानेको हकमा सत्ताधारी दल कानुन भन्दा माथि देखिएको बताएकी छिन् ।

मंगलबार पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेतृ गौतमले रास्वपा सभापति रवि लामिछानेमाथि सत्तारुढ दलले कानुन भन्दा माथि रहेर अत्याचार र राजनीतिक षड्यन्त्र गरेको बताइन् ।

‘रवि लामिछानेको हकमा सत्ताधारी दल कानुनभन्दा माथि भए । रविमाथि अत्याचार र राजनीतिक षड्यन्त्र गरे’ विरोध सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘एक दिन ओली, देउवा र आरजुलाई पनि अनुसन्धान गर्नु पर्ने दिन आउन सक्ने हुनाले त्यो दिन यही अभ्यास भारी पर्न सक्छ ।’

प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनको अपव्याख्या गरिएको नेतृ गौतमले बताइन् । भागेर नजाने, प्रमाण नष्ट नगर्ने र अनुसन्धानलाई प्रभावित पार्नेको हकमा लागू हुने कानुन रवि लामिछानेको हक गलत प्रयोग गरिएको उनले बताइन् । ‘उहाँमाथि लगाइएको आरोपको प्रमाण संसदीय समिति देखि सार्वजनिक रुपमा समेत उपलब्ध छ । उहाँ भागेर जाने मान्छे पनि होइन,’ नेतृ गौतमले भनिन् ।

गृहमन्त्रीको दबाबमा प्रहरीले रास्वपामाथि दमनकारी नीति अवलम्बन गरेको भन्दै उनले त्यसबाट बिचलित नबनेको र सङ्घर्ष जारी रहने बताइन् ।

प्रकाशित मिति: Nov 5, 2024

प्रतिक्रिया दिनुहोस्