Logo
९ पुस २०८१, मंगलबार
(November 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाटहरु बन्द

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको छ ।

प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यक बाहेक अरू भेटघाट नगरेको जानकारी दिए ।

बजगाईंका अनुसार प्रधानमन्त्री ओली मंगलबार बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन् ।

प्रकाशित मिति: Nov 5, 2024

प्रतिक्रिया दिनुहोस्