Logo
७ पुस २०८१, आईतबार
(November 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निषेधित क्षेत्र तोड्न खोजेपछि पोखरामा रास्वपाका कार्यकर्तामाथि अश्रुग्याँस प्रहार

काठमाडौं । रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशेधका विरुद्ध गरेको समर्थकहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आज पोखराको जिरो किलोमा आयोजित प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

प्रदर्शनका क्रममा रास्वपा समर्थकहरु जिरो किलोबाट वाइचोक तर्फ अघि बढेका थिए । प्रहरीले वाइचोकबाट प्रवेश निषेध गरेको थियो । सोही क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । सो क्रममा प्रहरीले ४ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनस्थलबाट सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यसहित  प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पूर्वउपप्रधान एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराध कसुरमा काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । तर संसदीय छानबिन समितिले क्लिन चिट दिइसकेको अवस्थामा रविमाथि राजनीतिक प्रतिशोध साँधिएको र हिरासतमा राख्ने नियतले आकर्षित नै नहुने कसुर लगाइएको भन्दै पोखरा लगायत देशभर आन्दोलन भईरहेको छ ।

प्रकाशित मिति: Nov 5, 2024

प्रतिक्रिया दिनुहोस्