Logo
८ मंसिर २०८१, शनिबार
(October 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछानेको बयान अन्तिम चरणमा, आज सक्ने तयारी

काठमाडौँ । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज पनि बयान लिइँदै छ । रास्वपाका सभापति समेत रहेका लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीमा बयान लिन थालिएको छ ।

मंगलबार बयान पुरा नभएको हुनाले आज बयान सक्नेगरी काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले  बताइन् ।

कार्तिक १२ मा अनुसन्धान अधिकृत र सरकारी वकिलले साढे ८ घण्टा बयान लिएका थिए । लामिछानेको बयान नसकिएको र बुधवार पनि निरन्तर बयान लिन थालिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले  बताए ।

ती अधिकृतले भने– ‘बयान सकिएको छैन, आज पनि निरन्तर बयान लिन्छौँ ।’ लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका हुन् । सुर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन् ।

अहिलेसम्मको बयानमा पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सुर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर–५ मा सञ्चालित सुर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी आफू नरहेको जिकिर गर्दै लामिछानेले भनेका छन्, ‘सुर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिइन् ।’

प्रकाशित मिति: Oct 30, 2024

प्रतिक्रिया दिनुहोस्