Logo
१८ पुस २०८१, बिहीबार
(October 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हामी सरकारमा आए आयोग बनाएर भ्रष्टाचारको निष्पक्ष छानबिन गरिछाड्छौँ : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले रास्वपा सरकारमा आए स्वतन्त्र न्यायिक आयोग बनाएर भ्रष्टाचारको निष्पक्ष छानबिन गरिने बताएका छन् । समितिमा आनन्द मोहन भट्टराई‚ ईश्वर खतिवडा जस्ता न्यायाधीशहरूलाई सहभागी गराउने उनले दाबी गरे ।

सहकारी बचत अपचलनमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई हिरासत बाहिर ल्याउन दबाब दिँदै मंगलबार बालुवाटार क्षेत्रमा भएको सडक संघर्षमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले सरकार भने दल फुटाउने विधेयक ल्याएर साना दल फुटाएर रवि लामिछानेलाई सिध्याउने ध्यानमा रहेको बताए । वाग्लेले सरकार आफूहरूलाई थर्काउने धम्काउने गलाउने रणनीतिमा लागेको भन्दै विरोध गरे ।

‘धनराज गुरूङ र ऋषिकेश पोखरेल जस्तालाई उन्मुक्ति दिने । जीबी राईको सल्लाहकार राष्ट्रपतिका सल्लाहकार छन् । उहाँहरूलाई उन्मुक्ति दिने रविलाई हिरासतमा राख्ने ठिक छैन‚’ उनले भने ।

उनले रविलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोध भएको उल्लेख गरे । साथै उनले अवसर पाए सहकारी बचतकर्ताको बचत फिर्ता गरिने पनि उल्लेख गरे ।

प्रकाशित मिति: Oct 29, 2024

प्रतिक्रिया दिनुहोस्