Logo
९ मंसिर २०८१, आईतबार
(October 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलत्कार आरोपमा प्रहरी हिरासतमा रहेका सशस्त्र प्रहरीले गरे आत्महत्या

काठमाडौं, कार्तिक १२ । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका एक जना सशस्त्र प्रहरीले हिरासत भित्रै आत्महत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही स्थित वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेका उनले सशस्त्र प्रहरीका जवानले प्रहरी कार्यालयको शौचालय भित्र झुण्डिएर आत्महत्या गरेका हुन् । उनले आज बिहान आफुले लगाएको कपडाले घाटीमा पासो लगाएर आत्महतया गरेका हुन्।

गत असोज २४ मा भलुबाङका १४ र ८ बर्षिया दुई बालिकालाई ज्वाला माइगण परिसरमा पिङ खेल्न आएका बेला बलात्कार गरेको आरोपमा भालुबाङ स्थित सशस्त्र प्रहरी बल ज्वाला माइगणका दुई प्रहरी नियन्त्रणमा थिए । उनीहरुको नाम सार्वजनिक गरिएको छैन् । आरोपित अर्का एक जना प्रहरी हिरासतमै छन् ।

प्रकाशित मिति: Oct 28, 2024

प्रतिक्रिया दिनुहोस्