Logo
२७ पुस २०८१, शनिबार
(October 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राज्य व्यवस्था समितिको बैठक बस्दै, प्रधानमन्त्री पनि सहभागी हुने

काठमाडौं, कार्तिक १२ । आज प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । आज दिउँसो सवा १२ बजे बस्ने उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने संसद सचिवालयले जनाएको छ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयकमाथि छलफल हुँदैछ ।

समितिले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक टुंगो लगाउँदा अख्तियार विधेयकलाई सँगै टुंग्याउने गरी यो विधेयकमा छलफल गर्न लागेको हो। समितिले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयकमाथि छलफल गर्न यसअघि नै उपसमिति गठन गरिसकेको छ।

हृदयराम थानीको संयोजकत्वको उपसमितिले नीतिगत भ्रष्टाचार, निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारसम्बन्धी विवाद, अनुचित कार्य, बेनामी उजुरी र अख्तियारले मुद्दा दायर गर्ने समयसीमा लगायतमा सहमति खोज्न छलफल जारी राखेको छ। अख्तियारसम्बन्धी विधेयकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदाधिकारी नियुक्तिदेखि उसको क्षेत्राधिकारसम्मका विषय समेटिएका छन्।

प्रकाशित मिति: Oct 28, 2024

प्रतिक्रिया दिनुहोस्