Logo
११ कार्तिक २०८१, आईतबार
(October 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ता टिकाउन राष्ट्रियताका विषयमा सौदाबाजी गर्दिनँ, सिंहदरबार र बालुवाटार कब्जा गर्छौँ भन्ने छाडातन्त्र सह्य छैन्: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिड जम्मा गरेर सत्ता कब्जा गर्छ भन्ने सोच नराख्न विरोधीलाई चेतावनी दिएका छन् । आइतबार काठमाडौंमा राष्ट्रिय सुरक्षा तथा विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका बिषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले सिंहदरबार र बालुवाटार कब्जा गर्छौँ भन्ने छाडातन्त्र सह्य नहुने चेतावनी दिए ।

‘लोकतन्त्र भनेको छाडातन्त्र होइन् । नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र हो । सिंहदरबार वा बालुवाटार कब्जा गर्छौँ, चुट्छौँ, मार्छौ, काट्छौँ भन्ने छाडातन्त्र सह्य हुँदैन । लोकतन्त्र भनेको अराजकता होइन् । लोकतन्त्र उपयोग गर्ने नाममा राष्ट्रियतालाई कमजोर पार्नेकुरा कदापी हुन दिँदैनौं’ उनले भने ।

एमाले अध्यक्षसमेत रहेका ओलीले सरकार टिकाउन र सत्तँमा बस्न आफूले कदापी राष्ट्रियतामा सौदावाजी नगर्ने बताए । ‘हामी अरुको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाडने सङ्कल्पका साथ अघि बढ्का छौँ । सरकार प्राप्त गर्न वा सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुन सक्दैन’, उनले भने ।

ओलीले माटामुनि लुकाइएका, खिया लागेका हतियारले अब काम नगर्ने बताए । नेपाली समाजलाई झुटो प्रचार गरेर धम्की नदिन उनले नेकपा माओवादी केन्द्रलाई चेतावनी दिए । आफूलाई अलोकप्रिय भएको भनेर टिप्पणी गर्नेलाई जवाफ दिँदै उनले भाडामा खटाइएकाहरूले विरोध गरेको टिप्पणी गरे ।

प्रकाशित मिति: Oct 27, 2024

प्रतिक्रिया दिनुहोस्