Logo
९ कार्तिक २०८१, शुक्रबार
(October 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिशिर र सोवितासहित रास्वपाका १० सांसदविरुद्ध राजद्रोहसम्बन्धी जाहेरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु शिशिर खनाल, शिव नेपाली, अशोक चौधरी, असिम साह,डा चन्दा कार्की भण्डारी, सोविता गौतम,लक्ष्मी तिवारी, विन्दावासीनी कंशाकारनिशा डाँगी र विनिता कडायतविरुद्ध राजद्रोहसम्बन्धी जाहेरी परेको छ ।

जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा उनीहरुविरुद्ध युवराज पौडेल ‘सफल’ ले जाहेरी दिएका हुन् । यसअघि रास्वपाका अन्य सांसदविरुद्ध जाहेरी दिएका पौडेलले आज पुरक जाहेरीको रुपमा दर्ता गरेका हुन् ।

सहकारी ठगीसम्बन्धी छानविन गर्न बनेको संसदीय विशेष समितिको सिफारिसमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि उनीहरुले सरकार र अदालतले गर्ने काम कारबाहीमा अवरोध गरेको, सरकारले गरिरहेको अनुसन्धानमा भाँजो हालेर प्रभावित पार्न खोजेको, लामिछानेको पक्राउविरुद्ध आन्दोलनमा उपस्थित हुन उर्दी जारी गरेको, अनुसन्धानलाई निष्प्रभावी बनाउन खोजेको जाहेरवालाको दाबी छ ।

उनीहरुले मुलुकी अपराध संहिता–२०७४ को दफा ५० राजद्रोहसम्बन्धी व्यवस्थाको उपदफा ३ बमोजिम कसुर गरेकाले सोही दफाको उपदफा ४ बमोजिम ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना मागदाबी गरिएको छ ।

सहकारी ठगीको आरोपमा रास्वपाका सभापति रवि लामिछाने गत साताबाट कास्की प्रहरीको हिरासतमा छन् । रास्वपाका नेता तथा कार्यकर्ताले भने सरकारले प्रतिशोध साँधेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ ।

प्रकाशित मिति: Oct 25, 2024

प्रतिक्रिया दिनुहोस्