Logo
९ कार्तिक २०८१, शुक्रबार
(October 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा सत्ता साझेदार दलको बैठक

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता साझेदार दलको बैठक जारी छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषय र सरकारले आगामी दिनमा गर्ने कामका बारेमा छलफल हुने बताइएको छ ।

बैठकमा सरकारमा रहेका एमालेसहित नेपाली काँग्रेस,लोसपा,जसपा तथा सरकारलाई समर्थन गरेका जनमत र नाउपाका नेताहरू सहभागी छन् ।

यसअघि सत्तारुढ दलको बैठक बुधवार बसेको थियो । उक्त बैठकमा सरकारको सय दिनको समीक्षा गर्नुका साथै आगामी दिनमा गर्ने कामबारे आजको बैठकमा छलफल हुने एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिएका थिए ।

प्रकाशित मिति: Oct 25, 2024

प्रतिक्रिया दिनुहोस्