Logo
९ कार्तिक २०८१, शुक्रबार
(October 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि राजेन्द्र महतोले दिए निवेदन, चुनाव चिह्न माछा

काठमाडौं । राजेन्द्र महतोले दल दर्ताका लागि निवेदन दिएका छन् । शुक्रबार निर्वाचन आयोगमा राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि निवेदन दिएका हुन् ।

पार्टीको अध्यक्षमा महतो रहेका छन् । १७३ सदस्यीय केन्द्रीय समिति रहने गरी निवदेन दिइएको हो । चुनाव चिह्न माछा माग गरिएको छ ।

हाललाई राजेन्द्र महतो अध्यक्ष रहने अरु बाँकी सबै जना सदस्य रहने बताइएको छ । नेपाल सदभावना पार्टीबाट आफ्नो राजनीति यात्रा सुरु गरेका अध्यक्ष महतो लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभिायनहरु चलाउँदै आएका थिए ।

प्रकाशित मिति: Oct 25, 2024

प्रतिक्रिया दिनुहोस्