Logo
२८ पुस २०८१, आईतबार
(October 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रविको म्याद थपसँगै रास्वपाका प्रदर्शनकारी आक्रोशित, निषेधित क्षेत्र प्रवेश गर्ने प्रयास

जिल्ला अदालत कास्कीले रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएपछि पार्टीका कार्यकर्ता आक्रोशित भएका छन् ।

उनीहरुले निषेधित क्षेत्र प्रवेश गर्ने प्रयास गर्दा तनाव बढेको छ । आज रविलाई अदालत लगिँदा कार्यकर्ताले निषेधित क्षेत्र बाहिर बसेर प्रदर्शन गरिरहेका थिए ।

तर, म्याद थपको सूचनासँगै प्रदर्शनकारी आक्रोशित भए । उनीहरु निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोजेको छ । प्रदर्शनकारी निषेधित क्षेत्र प्रवेश गर्न रोकिएका छन् ।

उनीहरु अहिले निषेधित क्षेत्रबाट ५० मिटर जति वर बसेर नारावाजी गरिरहेका छन् । प्रहरीले पानीको फोहोरा फ्याक्ने गाडी रेडी अवस्थामा राखेको छ ।

प्रकाशित मिति: Oct 24, 2024

प्रतिक्रिया दिनुहोस्