Logo
२६ पुस २०८१, शुक्रबार
(October 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपक्षी नेताहरूलाई छानीछानी मुद्दा हाल्ने र जेल पठाउने नियोजित योजना : माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार विपक्षी दलका नेताहरूलाई छानीछानी मुद्दा हाल्ने र जेल पठाउने नियोजित काममा लागेको आरोप लगाएको छ।

‘अहिलेको सरकारले विपक्षी दलका नेता र व्यक्तिलाई छानीछानी मुद्दा हाल्ने र जेल पठाउने काम गरिरहेको छ,’ प्रवक्ता सापकोटाले भने, ‘ काङ्ग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदाहुँदै पनि खुल्ला रूपमा संरक्षण गरिएको छ ।’

पार्टीले शनिबार काठमाडौंमा आयोजना गर्न लागेको जनप्रदर्शनबारे जानकारी दिन बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्नि सापकोटाले यस्तो बताएका हुन् ।

सरकारका कदमहरू ठिक ठाउँमा नभएको देखिएपछि पार्टीले खबरदारी गर्न लागेको प्रवक्ता सापकोटाले बताए । उनले पार्टीको बागमती प्रदेशले गर्ने खबरदारी सभामा सहभागी हुन समेत सबैमा अपिल गरे ।

प्रवक्ता सापकोटाले देशलाई प्रतिगमनबाट रोक्न र प्राप्त उपलब्धीको रक्षा गर्न खबरदारी सभा आवश्यक रहेको बताए । माओवादीले अहिलेको सरकारको उद्देश्य जनतालाई प्रभावकारी सेवा प्रदान गर्ने नभइ निहित स्वार्थ समूहको हित रक्षा गर्ने कुरा प्रष्ट भएको जनाएको छ ।

माओवादीले कार्तिक १० गते सुन्धराबाट प्रदर्शनसहितको र्‍याली निकाल्ने र काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने जनाएको छ ।

प्रकाशित मिति: Oct 24, 2024

प्रतिक्रिया दिनुहोस्