Logo
९ कार्तिक २०८१, शुक्रबार
(October 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरामा रास्वपाको प्रदर्शन आज पनि जारी, जम्मा हुन प्रहरीको अघोषित रोक

काठमाडौँ । राजनीतिक प्रतिशोध राखेर सभापतिलाई पक्राउ गरेको भन्दै रास्वपा पोखरामा गरिरहेको प्रदर्शन आज जारी छ । लामिछानेलाई दोस्रो पटक म्याद थपका लागि अदालत पुर्याएको छ भने रास्वपाका नेता कार्यकर्ता तथा लामिछानेका समर्थक अहिले पोखराको वाई चोकमा धर्नामा बसेका छन् । वाई चोक भनेका राष्ट्र बैक, रत्न चोक र शहीद चोककोबिचमा पर्छ ।

बुधबार ठुलो संख्यामा प्रदर्शन भएपछि आज भने रास्वपा नेता कार्यकर्ता तथा समर्थकलाई प्रदर्शन स्थलमा जान प्रहरीले रोक लगाएको छ । औपचारिकरूपमा रोक लगाएको नभने भने विभिन्न सडकमा ग्रुपमा जम्मा भएर हिँडेका नेता कार्यकर्ताहरूलाई प्रहरीले फिर्ता गराएको छ । वाई चोकमा जाने अधिकांशबाटोमा प्रहरीको बाक्लो तैनाथी छ ।

प्रकाशित मिति: Oct 24, 2024

प्रतिक्रिया दिनुहोस्