Logo
७ कार्तिक २०८१, बुधबार
(October 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थतन्त्रमा सुधारको संकेत देखियो, व्यवसायीमा आत्मविश्वास बढ्यो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेको दाबी गरेका छन् । साथै प्रधानमन्त्रीले राष्ट्रियता सुशासन र विकासमा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने समेत बताएका छन् ।

बुधबार सय दिने उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

‘हामी सरकारमा आउँदा अर्थतन्त्र डामाडोल थियो । आज त्यसमा सुधारका संकेतहरु देखा परेका छन्’, प्रधानमन्त्रीले भने,निजी क्षेत्रकै माग अनुसार आर्थिक सुझाव आयोगजस्ता महत्त्वपूर्ण आयोगहरुको गठनले व्यवसायीमा आत्मविश्वास पलाएको छ ।’

प्रकाशित मिति: Oct 23, 2024

प्रतिक्रिया दिनुहोस्