Logo
७ कार्तिक २०८१, बुधबार
(October 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कांग्रेस र एमाले जस्तो इतिहास र हैसियत भएको दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेखे हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने दिवासपना नदेख्न आग्रह गरेका छन् । सरकारको सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै सरकार बनेकै दिनदेखि विरोध सुरु भएको बताए ।

‘कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ। हामीलाई काममा सफलता पाउन कर्मचारी प्रशासनको सहयोग चाहिन्छ। अझ सरकारका प्राथमिकतालाई नागरिकको जीवनमा विस्तार गर्न मुख्य जिम्मेवारी ब्युरोक्रेसीले निर्वाह गर्नुपर्छ। कामका दौरानमा मलाई कतिपयले सुनाउनुहुन्छ– बारम्बार सरकार फेरबदलका घटनाहरुले ब्युरोक्रेसी नै अल्मलिएको छ, कर्मचारीले काम होइन स्थायित्वप्रति आशंका गर्छन्,’ उनले भने।

उनले सरकारलाई काम गर्न नदिने उद्देश्यले सरकार ढल्ने हल्ला चलाउने गरिएको पनि बताए ।

‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्नेजस्ता अफवाह पनि फैलाउने गरिएको छ’, उनले भने, “यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो ।”

प्रकाशित मिति: Oct 23, 2024

प्रतिक्रिया दिनुहोस्