Logo
७ कार्तिक २०८१, बुधबार
(October 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१०० दिनमा ४ हजार ३८ किलोमिटर सडक मर्मत गरियो: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १०० दिनको अवधिमा ४ हजार ३८ किलोमिटर सडक मर्मत गरिएको बताएका छन् । सरकारको १०० दिन पूरा भएको अवसरमा बुधबार सिंहदरबारबाट सम्बोधन गर्दै उनले यसबारे जानकारी दिएका हुन् ।

उनले आफूले सरकारको नेतृत्व सम्हालेको अवधिमा सडक मर्मत र निर्माणका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

उनका अनुसार मर्मत भएकामध्ये ३२.५ प्रतिशत सडकमा कालोपत्रे समेत भएको छ । जसले यातायात सेवालाई थप सुरक्षित र सहज बनाएको प्रधानमन्त्रीले सम्बोधनका क्रममा बताए ।

प्रकाशित मिति: Oct 23, 2024

प्रतिक्रिया दिनुहोस्