Logo
७ कार्तिक २०८१, बुधबार
(October 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं महानगरले माग्यो १०८ जना कर्मचारी

७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले १०८ जना करार कर्मचारी माग गरेको छ । महानगरले आज एक सूचना जारी गरी मेडिकल अधिर्कतदेखि कार्यालय सहयोगीसम्म माग गरेको हो ।

महागनरले लोकसेवा आयोगबाट सिफारिस भएर नआउँदासम्म असार मसान्तसम्मका लागि मात्रै करारमा काम गर्ने गरी कर्मचारी माग गरेको हो ।

महानगरले आठौं तहको मेडिकल अधिकृत ४ जना, पाँचौं तहको ल्याब टेक्निसियन २९ जना, पाँचौं तहको फिजियोथेरापी असिस्टेन्ट ३२ जना, पाँचौं तहको स्टाफ नर्स ५ जना माग गरेको छ ।

त्यस्तै, फार्मेसी सहायक १० जना, रेडियोग्राफर र तथ्यांक सहायक १/१ जना माग गरेको छ । श्रेणीविहीन २६ जना कार्यालय सहयोगीसमेत माग गरेको छ ।

प्रकाशित मिति: Oct 23, 2024

प्रतिक्रिया दिनुहोस्