Logo
७ कार्तिक २०८१, बुधबार
(October 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा दुई ट्रक र एक ट्यांकर ठोक्किँदा एकजनाको मृत्यु

 चितवनको टिकौली जंगलमा दुई ट्रक र एक ट्यांकर ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा २ जना घाइते भएका छन् । गएराति साढे ११ बजे टाँडीबाट नारायणगढतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००२ख १४३९ नम्बरको ट्रक र नारायणगढबाट टाँडीतर्फ आइरहेको ना ८ ख ८६७४ नम्बरको खाली ट्याङकर ठक्कर खाई सोही ट्यांकर पछाडि सोही दिशाबाट आइरहेको ना ६ ख ४६२४ नम्बरको ट्रक ठक्कर खाँदा ०३-००२ख १४३९ नम्बरको ट्रकका चालक मकवानपुरका वर्ष २६ का अनिश स्याङ्तान गम्भीर घाइते भएका थिए।

घाइते अवस्थामा भरतपुर अस्पताल पुर्याइएकामा उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते २ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: Oct 23, 2024

प्रतिक्रिया दिनुहोस्