Logo
६ कार्तिक २०८१, मंगलबार
(October 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विस्तारा एयरमा भेटिएन बम : दिल्लीबाटै आएको थियो गलत सूचना

दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विस्तारा एयरमा बम राखेको सूचना गलत पुष्टि भएको छ ।

विस्तारा एयर–१५५ मा चेकजाँच गर्दा विस्फोटक पदार्थ नभेटिएको उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले बताइन् ।

सर्च अपरेसन पुरा भएसँगै सो विमान दिल्लीतर्फ फर्काइएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: Oct 22, 2024

प्रतिक्रिया दिनुहोस्