Logo
६ कार्तिक २०८१, मंगलबार
(October 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरामा रास्वपाको चौथो दिन यस्तो देखियो विरोध कार्यक्रम (हेर्नुस् तस्वीरहरु)

सहकारी प्रकरणमा सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले आज (मंगलवार) पनि पोखरामा विरोध प्रदर्शन गरेको छ ।

सभापति लामिछानेको पक्राउको विरोधमा रास्वपाले शनिबारदेखि पोखरामा नियमित प्रदर्शन गरिरहेको छ। आज पोखराको जिरोकिलोमा भेला भएर सुरु भएको विरोध प्रदर्शन यतिबेला अम्मरसिंह चोक पुगेर कोण सभामा परिणत भएको छ ।

पार्टीका उपसपभाति डोलप्रसाद (डीपी) अर्यालका अनुसार दिउँसो १ः३० बजे जिरो किलोबाट ‘राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि’ कार्यक्रम सुरु भएको थियो ।

लामिछानेले सहकारीको रकम गोरखा मिडिया ल्याउन कुनै भूमिका नदेखिएको सहकारी छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिए पनि मिडियामा आएको पैसा कार्यालय सञ्चालनमा खर्च गरेको विषयमा प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको थियो ।

लामिछाने ५ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

प्रकाशित मिति: Oct 22, 2024

प्रतिक्रिया दिनुहोस्