Logo
६ कार्तिक २०८१, मंगलबार
(October 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रविलाई समितिको प्रतिवेदनका आधारमा कारबाही थालेका हौँ : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदनमाथि शुरुवाती कारबाही शुरु भएको बताएका छन्।

आइतबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको प्रश्नको जवाफ दिँदै उनले सरकारले समितिले बुझाएको प्रतिवेदनउपर शुरुवाती कारबाही शुरु भएको बताएका हुन्। उनले समितिको प्रतिवेदनअनुसार प्रतिवेदनले कारबाही गर् भनेका व्यक्तिहरुलाई पक्राउ गरिएको बताए। उनले मन्त्रालय सम्हालेको सय दिनमा आफूले शतप्रतिशत काम सम्पन्न गरेको पनि बताए।

उनले यो अवधिमा सञ्चार मन्त्रालयलाई दिइएका १५ वटा जिम्मेवारीमा पूरा काम सम्पन्न गरेको बताए। उनले राष्ट्रिय समाचार समितिलाई २४ घण्टा नै काम गर्ने व्यवस्था मिलाइएको र थप दुई वटा मातृ भाषा ( नेपाल र मैथिली) मा समाचार संप्रेषण गरेको, नेपाल टेलिभिजनलाई दिइएको एउटा मातृ भाषामा समाचार प्रशारण गर्ने दायित्वमा नेपाल भाषामा समाचार प्रशारण गरिएको जानकारी दिए।

उनले २४ भाषामा समाचार भइसकेको रेडियो नेपालमा थप एक भाषा थप्नुपर्नेमा दनुवार भाषा थपिएको बताए।

सञ्चारमन्त्री गुरुङले एक हजार वटा अडियो रेकर्ड डिजिटलाइज गर्ने भनिएकोमा सो काम पनि पूरा गरेको र गोरखापत्रबाट ४४ वटा भाषामा समाचार संप्रेषण गर्ने जिम्मेवारी दिएकोमा राना थारु भाषामा समाचार संप्रेषण र प्रकाशन गर्ने काम भइसकेको बताए।

उनले ८ वर्षको गोरखापत्रको रेकर्डहरु डिजिटल अर्काइभिङ गर्ने काम पनि पूरा भइसकेको बताए। सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई शुक्रबार पक्राउ गरी कास्की जिल्ला अदालतमा पेस गरिएको छ।

 

प्रकाशित मिति: Oct 20, 2024

प्रतिक्रिया दिनुहोस्