रास्वपा सभापति रवि लामिछाने पक्राउ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पुर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।
सहकारी ठगी सम्बन्धमा छानबिनका लागि लामिछानेलाई प्रहरीले शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ गरेको हो ।
गण्डकी प्रदेश स्थित कास्की जिल्ला अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएपछि लामिछाने पक्राउ परेका हुन् ।