Logo
२ कार्तिक २०८१, शुक्रबार
(October 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेको दाने जग्गाबारे प्रतिपक्षी दलको निश्कर्षः ‘भ्रष्टाचार हो’

काठमाडौं, २ कार्तिक । व्यवसायी मिनबहादुर गुरुङबाट नेकपा (एमाले) ले दान स्वरुप पाएको १० रोपनी १४ आना जग्गालाई प्रतिपक्षी दलहरुले ‘भ्रष्टाचार’ को संज्ञा दिएका छन् । आज (शुक्रबार) प्रतिपक्षी दलका नेताहरुको छलफलले उक्त जग्गा लिनुलाई भ्रष्टाचारको संज्ञा दिएका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टीलगायतका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।

सो क्रममा एमालेले काठमाडौंको चन्द्रागिरीस्थित व्यवसायी गुरुङबाट पाएको जग्गाबारे कुरा उठेको आजपाका अध्यक्ष प्रभु साहले जानकारी दिए । ‘एमालेले व्यवसायी मिनबहादुर गुरुङबाट पाएको १० रोपनी १४ आना जग्गाबारे पनि बैठकमा कुरा उठ्यो । उक्त जग्गा लिनु भ्रष्टाचार हो भन्नेमा सबै प्रतिपक्षी दलहरु सहमत छन् । ललिता निवास जग्गा प्रकरणमा मुछिएर अदालतमा मुद्दा विचाराधीन रहेको अवस्था र सरकार प्रमुख आफैं भएको बेलामा यसरी सहयोग लिन हुन्थेन । प्रष्ट रुपमा स्वार्थ देखिन्छ भन्नेमा सबै सहमत छन् । यस विषयमा प्रधानमन्त्रीलाई भेटेर ध्यानाकार्षण गराउने निर्णय भएको छ,’– उनले भने ।

प्रकाशित मिति: Oct 18, 2024

प्रतिक्रिया दिनुहोस्