Logo
२ कार्तिक २०८१, शुक्रबार
(October 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय

काठमाडौं । प्रतिपक्षी दहरुले नेकपा एकीकृत समाजवादी फुटाउन सरकारले अध्यक्ष जारी गरेमा एकजुट भएर प्रतिवाद गर्ने निर्णय गरेका छन् । शुक्रबार पूर्व प्रधानमन्त्री तथा नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलको बैठकले सरकारले तत्कालै नेकपा एकीकृत समाजवादी फुटाउन अध्यक्षदेश ल्याउन खोजेको आशंका गरेको एक नेताले जानकारी दिए । उनका अनुसार सरकारले अध्यादेश ल्याएमा सबै मिलेर प्रतिवाद गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै बैठकले सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरेमा सशक्त प्रतिवाद गर्ने पनि निर्णय गरेको छ । आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस विषयमा कुरा निकालेको र सरकारको क्रियाकलाप सही नभएको बताएका थिए । उनले बिहीबार बालुवाटारमा बसेको तीन दलको बैठकमा समेत सो कुरा उठाएको ब्रिफिङ गर्दै सरकारले यस्तै गरिरहे चुप लागेर नबस्ने बताएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्न सरकारमाथि दबाब दिएका छन् । संसदीय छानबिन समितिको सिफारिश बमोजिम लामिछानेमाथि कारबाही अघि बढाउन सरकारमाथि दबाब छ । यही प्रकरणमा लामिछानेको व्यवसायिक साझेदार छविलाल जोशी पक्राउ परिसकेका छन् ।

तर, लामिछानेले भीड जम्मा पारेर सरकारमाथि नै धावा बोलेको भनेर रास्वपाको आलोचना भैरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा रहेकै बेला प्रहरीले लामिछानेलाई पक्राउको तयारी गरेको थियो । त्यतिवेलापनि रास्वपाको मुख्यालय घण्टीघरमा नेता तथा कार्यकर्ता भेला भएर सरकारविरुद्ध नाराबाजी गरेका थिए । कांग्रेस सभापति देउवाले हिजोमात्रै प्रधानमन्त्री ओलीलाई भेटेरै लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन दबाब दिएका छन् ।

तर, प्रधानमन्त्री ओलीले आनाकानी गरेको बुझिएको छ । यस्तोमा देउवाले हिजै राति १२ बजे फोन गरेर तत्काल लामिछानेमाथि पक्राउ गरेर अनुसन्धान अघि नबढाए सरकार नै ढाल्ने चेतावनी दिएको विश्वस्त स्रोतको दाबी छ । गृहमन्त्री रमेश लेखकले लामिछानेलाई पक्राउ गर्न हिजै प्रहरीको एक टोली तयारी अवस्थामा राखेको बताईन्छ ।

सम्भवतः आज साँझसम्म प्रहरीले एक्शन लिने बुझिएको छ । काँस्की जिल्ला अदालत पनि आजबाट खुलेकोले लामिछानेलाई पक्राउ गर्न सहज हुने प्रहरीको बुझाई छ ।

प्रकाशित मिति: Oct 18, 2024

प्रतिक्रिया दिनुहोस्