Logo
२ कार्तिक २०८१, शुक्रबार
(October 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढीपहिरो प्रभावित २० जिल्लाका ७१ स्थानीय तहलाई ५० लाखदेखि १ करोडसम्म राहत रकम दिईने

काठमाडौँ । राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकले बाढी पहिरोबाट प्रभावित ७१ स्थानीय तहलाई राहत रकम निकासा गर्ने निर्णय गरेको छ । बिहीबार राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बसेको समितिको बैठक राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

संकटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहलाई ३ समूहमा बर्गीकरण गरेको छ । जस अनुसार पहिलो समूहमा रहेका ९ स्थानीय तहलाई १ करोड, दोस्रो समूहमा रहेका १२ स्थानीय तहलाई ७५ लाख र तेस्रो समूहमा रहेका ५० स्थानीय तहलाई ५० लाख रुपैयाँ दिने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

गत असोज २१ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरी २० जिल्लाका ७१ वटा स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । बाढी पहिरो प्रभावित क्षेत्रलाई तीनवटा तहमा छुट्टाइएको थियो ।

पहिलो तहका ९ वटा, दोस्रो तहका १२ वटा र तेस्रो तहका ५० वटा स्थानीय तहलाई संकटग्रस्त स्थानीय तह घोषणा गरिएको थियो ।

प्रकाशित मिति: Oct 18, 2024

प्रतिक्रिया दिनुहोस्