Logo
२ कार्तिक २०८१, शुक्रबार
(October 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले बोलाएको विपक्षी दलको बैठक, आधा दर्जन सांसद लिएर पुगे रवि लामिछाने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरू छलफलमा जुटेका छन् ।

बैठकमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, शक्ति बस्नेत सहभागी छन् । यता रास्वपाबाट भने सभापति रवि लामिछानेसहित आधा दर्जन सांसद बैठकमा पुगेका छन् । रविसहित सांसदहरु डीपी अर्याल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सन्तोष परियार र स्वर्णिम वाग्ले बैठकमा उपस्थित भएका छन् ।

आजको बैठकले संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरु मिलेर संसद्को विशेष अधिवेशन बोलाउन सरकारलाई आग्रह गरिने बताईएको छ ।

यसअघि रास्वपाका सांसदहरुले संसद्को विशेष अधिवेशन बोलाउन माग गरेका थिए । त्यसमा विपक्षी दलहरुबीच सहमति नगरिएको चर्चा थियो ।

सरकारले भने रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको सिफारिशमा तत्कालै पक्राउको तयारी गरेको छ । कतिपयले रास्वपाले सभापति लामिछाने पक्राउ गर्ने भएपछि संसद्को विशेष अधिवेशनको माग गरेको भनेर पनि चर्चा गर्ने गरेका छन् ।

प्रकाशित मिति: Oct 18, 2024

प्रतिक्रिया दिनुहोस्