Logo
२ कार्तिक २०८१, शुक्रबार
(October 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति पौडेल दम्पतीले गरे बडीमालिका मन्दिरको दर्शन (तस्बिरहरु)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाजुरास्थित प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजाअर्चना गरेका छन् ।

राष्ट्रपति पौडेलले बिहीबार बिहान बडीमालिकामा पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन् । बडीमालिका मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्न जाने क्रममा राष्ट्रपतिपौडेल दम्पतीसहितको टोलीले रातो पोशाक लगाएका थिए ।

प्रसिद्ध धार्मिकस्थल एवम् शक्तिपीठ बडीमालिका मन्दिरमा पूजा एवम् दर्शनको लागि भक्तजन आउने गर्दछन् ।

 

प्रकाशित मिति: Oct 17, 2024

प्रतिक्रिया दिनुहोस्