Logo
३० आश्विन २०८१, बुधबार
(October 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालसहित ३३ देशद्वारा इजरायली सेनाबाट शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा

काठमाडौं, २९ असोज । नेपालसहित ३३ देशहरुले इजरायली सेनाबाट शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गरेका छन् । परराष्ट्र मन्त्रालयलले विज्ञप्ति जारी गर्दै उक्त घटनाको छानविन र सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिएको छ ।

‘नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएका आक्रमणको कडा निन्दा गर्दछ । द्वन्द्वका पक्षहरूलाई उनीहरूको सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछ । यस्ता कार्य तुरुन्त रोकिनुपर्छ र उचित छानबिन हुनुपर्छ,’– विज्ञप्तिमा भनिएको छ ।

दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना प्रवेश गरेका थिए । सोमबार इजरायली सेनाले हिजबुल्लालक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिक घाइते भएका थिए ।

 

प्रकाशित मिति: Oct 15, 2024

प्रतिक्रिया दिनुहोस्