Logo
९ मंसिर २०८१, आईतबार
(October 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसान बन्यो काठमाडौँ : १३ लाख मानिस बाहिरिए 

संघीय राजधानी समेत रहेको काठमाडौं उपत्यका सुनसान बनेको छ । एक सातामा मात्र काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या शुक्रबार सम्मको हो ।

अठार लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिए ।

दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान थियोे तर विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका हुन् ।

अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए ।

प्रकाशित मिति: Oct 11, 2024

प्रतिक्रिया दिनुहोस्