Logo
३० आश्विन २०८१, बुधबार
(October 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेलम्ची र हेलम्बुका नागरिकसँग हात जोडेर काठमाडौंमा पानी ल्याएँः मन्त्री यादव

काठमाडौं, २३ असोज । खानेपानीमन्त्री प्रदीप यादवले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका नागरिकहरुसँग काठमाडौंमा पानी ल्याइएको बताएका छन् । उनले हेलम्बु गाउँपालिकाका अध्यक्षको रोहबरमा संघर्ष समिति र स्थानीय जनतासँग सहमति भएको बताए ।

‘संघर्ष समितिसित वार्ता गर्न म आफैं हेलम्बु पुगेको थिएँ । पालिका अध्यक्षजीको रोहबरमा मिटिङ भयो । करिब–करिब ५/६ घण्टा मिटिङपछि वातावरण बन्यो, सहमति पनि भयो र पानी खोल्ने सहमति भयो ।

नत्र उहाँहरुले अवरोध गरेर पानी नखोल्ने, काठमाडौंमा पानी नपुर्याउने, हेलम्बुका नागरिकले, हेलम्बुका संघर्ष समितिले भनिरहनु भएको थियो ।’ उनले भने, ‘तर, म आफैं पुगेर हात जोडेँ । आफैं अनुरोध गरेर, उहाँहरुको जायज मागलाई सरकारले पूरा गर्छ । वचनवद्धता गरेपछि त्यहाँका नागरिकले साथ दिए ।’

काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने गरी सरकारले काम गरिरहेको उनले बताए । अहिले विपद्को बेला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरु जनताको घर–घरमा पुगिरहेको उनले बताए । बाढी, पहिरो र डुवानबाट पीडित जनतालाई सरकारले तत्काल राहत उपलब्ध गराउने उनले बताए ।

प्रकाशित मिति: Oct 9, 2024

प्रतिक्रिया दिनुहोस्