Logo
३० आश्विन २०८१, बुधबार
(October 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललितपुरमा माओवादी केन्द्रले बाँड्यो राहत सामग्री

२२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ६ का बाढीपहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले त्रिपाल, झुल लगायतका सामग्री करिब ८० घर परिवारलाई उपलब्ध गराएका हुन् । शर्माले केही सामग्री आफैं वितरण गरेका थिए भने केही सामग्री वडा अध्यक्ष विष्णुमान महर्जनलाई हस्तान्तरण गरेको शर्माको सचिवालयले जनाएको छ ।

वडा अध्यक्ष महर्जनले बाढी पहिरोबाट पीडितलाई अत्यावश्यक राहत सामग्री अपुग भएको भन्दै निरन्तर सहयोगका लागि अनुरोध गरेका थिए ।

सो अवसरमा उपमहासचिव शर्माले आवश्यक सबै सहयोग गर्न नेकपा माओवादी केन्द्र प्रतिबद्ध रहेको बताए । साथै सरकारको तर्फबाट पनि पीडितलाई राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि पहल गरेको जानकारी गराए ।

प्रकाशित मिति: Oct 8, 2024

प्रतिक्रिया दिनुहोस्